वैकल्पिक शक्ति एकजुट हुनुपर्छ : धरानमा मन्त्री घिसिङको स्पष्ट सन्देश

वैकल्पिक शक्ति एकजुट हुनुपर्छ : धरानमा मन्त्री घिसिङको स्पष्ट सन्देश

   धरान । उर्जा, भौतिक तथा पूर्वाधार मन्त्री       कुलमान घिसिङले देशमा उदाउँदै आएका न  याँ वैकल्पिक राजनीतिक शक्तिहरू विभाजित   भएर होइन, साझा उद्देश्य र सहकार्यको बाटोबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

आइतबार धरान–१५ श्यामचोकस्थित बौद्ध गुम्बामा आयोजित धार्मिक समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै मन्त्री घिसिङ्गले घिसिङले वैकल्पिक राजनीति भन्ने नाममा सामाजिक सञ्जालमा देखापर्ने गालीगलौज, तिक्त अभिव्यक्ति र परस्पर दोषारोपणले परिवर्तनको यात्रालाई कमजोर पारिरहेको गम्भीर टिप्पणी गरे।

“अब एउटाले अर्कोको कमजोरी खोज्दै बस्ने समय होइन,” मन्त्री घिसिङले जोर दिए,
देश समृद्धितर्फ उन्मुख पार्ने साझा यात्रामा सबै वैकल्पिक शक्ति एकै थलोमा उभिनु जरुरी छ। नयाँ भनिने शक्तिहरू एकढिक्का हुन सकेनन् भने परिवर्तनप्रति जनताको अपेक्षा अधुरो नै रहन्छ।”

मन्त्री घिसिङले धरान र आसपास क्षेत्रमा सामाजिक सञ्जालबाट फैलिने तिक्तता र विभाजनकारी भाषाले वैकल्पिक राजनीतिक संस्कृतिलाई कमजोर बनाइरहेको उल्लेख गर्दै सकारात्मक धारणा, सहकार्य, जवाफदेही नेतृत्व र स्पष्ट भिजन बिना नयाँ राजनीति सफल नहुनेमा जोड दिए।

देशको वर्तमान संवेदनशील अवस्थाको मूल कारण राजनीतिक नेतृत्वको कमजोरी नै भएको उल्लेख गर्दै उनले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र युवालाई परिणाममुखी अवसर प्रदान गर्न सके मात्र राष्ट्र सही दिशातर्फ अघि बढ्ने बताए।

भदौमा देखिएको जेनजी आन्दोलनलाई युवाहरूको आक्रोश र निराशाको स्वाभाविक विस्फोटका रूपमा व्याख्या गर्दै मन्त्री घिसिङले “सही नेता सही समयमा सही स्थानमा पुग्न सके स्थायी परिवर्तन सम्भव छ” भन्दै भिजनयुक्त, जिम्मेवार र सक्षम युवालाई नेतृत्वमा अगाडि ल्याउनु अत्यावश्यक रहेको स्पष्ट सन्देश दिए।

धार्मिक–सांस्कृतिक अभ्यासले समाज र राजनीतिमा सकारात्मक ऊर्जा प्रवाह हुने विश्वास व्यक्त गर्दै मन्त्री घिसिङले वैकल्पिक राजनीतिक संस्कृतिलाई उच्च आदर, सहकार्य र सकारात्मक प्रतिस्पर्धाबाट अघि बढाउन सबैलाई आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित