धरान — खानेपानी, सडक र सुकुम्बासी समस्या फेरि एकपटक धरानको चुनावी बहसको केन्द्रमा आएका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यी दीर्घकालीन समस्यालाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै चुनावी अभियान अघि बढाएको छ।
धरान–३ स्थित सदन रोडमा सोमबार आयोजित सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन सचिवालय उद्घाटन कार्यक्रममा नेकपाका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र राईले केन्द्र सरकारसँग समन्वय गरी धरानको विकासलाई तीव्रता दिने प्रतिबद्धता जनाए।
तर यी विषय धरानका लागि नयाँ होइनन्। हरेक निर्वाचनमा दोहोरिने यी एजेण्डा अझै समाधानको चरणमा पुग्न सकेका छैनन्। नागरिकको चासो भाषणभन्दा कार्यान्वयनमा केन्द्रित छ।
राईले अधुरा योजना पूरा गर्ने जिम्मेवारी नेकपाले लिएको बताए। कार्यक्रममा उम्मेदवार मनोज भट्टराईलाई विजयी गराउन अपिल गरिएको थियो।





