धरान–२० को श्रमसंस्कृति पार्कमा सूचनाको पहुँचमा अवरोध

धरान–२० को श्रमसंस्कृति पार्कमा सूचनाको पहुँचमा अवरोध

धरान–२० स्थित श्रमसंस्कृति पार्कको प्रवेश काउन्टरबाट एक हप्तासम्म बिक्री भएका टिकट र त्यसबाट संकलित नगद रकमबारे जानकारी माग्दा काउन्टरकी कर्मचारी रिमा गुरुङले सूचना दिन अस्वीकार गरेकी छन्।

सूचना माग्ने क्रममा उनले “राजस्व शाखामा बुझ्नू” भन्दै काउन्टरबाटै जानकारी दिन नमिल्ने बताइन्। त्यसक्रममा मेयर हर्क साम्पाङलाई फोन गर्ने कुरा उठेपछि आफूहरूलाई धम्काइएको र “नपत्याउने, सबैको कन्टेन्ट बनाइदिने” जस्ता अभिव्यक्ति दिइएको छ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सार्वजनिक रूपमा सबैलाई पारदर्शिताको हकमा सूचना पाउने अधिकार रहेको बताउँदै आएका छन्। तर उहाँकै कार्यक्षेत्रभित्रका कर्मचारीबाटै सूचना दिनबाट वञ्चित गराइनु सुचना पाउने अधिकारलाई बञ्चित गराउनु हो।

श्रमसंस्कृति पार्कजस्तो सार्वजनिक स्थलमा कति टिकट बिक्री भयो र कति नगद संकलन भयो भन्ने जानकारी प्रवेश काउन्टरबाटै सहज रूपमा उपलब्ध हुने व्यवस्था हुनुपर्ने सरोकारवालाको माग छ। यसका लागि काउन्टरमै दैनिक आम्दानी सार्वजनिक गर्ने प्रणाली विकास गर्न तथा राजस्व शाखामा मात्र धाउनुपर्ने बाध्यता नआओस् भनी सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित