धरान – एल.एन.सि मोडेल एजेन्सी प्रा.लि.द्वारा आयोजित मिसेस धरान आइकोन सिजन–२ र मिस धरान सुपर आइकोन सिजन–१ अन्तर्गतको ट्यालेन्ट शो सम्पन्न भएको छ। ट्यालेन्ट राउन्ड आइतबार (कात्तिक ३०) धरान–९, बगैँचा चौकस्थित होटल रत्न इनमा आयोजना गरिएको थियो।
कार्यक्रममा सहभागी २७ जनाले आफ्नो–आफ्नो प्रतिभा निर्णायकसमक्ष प्रस्तुत गर्दै गायन, नृत्य तथा व्यक्तित्वकला (पर्सनालिटी स्किल) को उत्कृष्ट प्रदर्शन गरे। प्रतियोगितामा मिसेस विधामा विवाहित, डिभोर्स र एकल महिलाहरूको सहभागिता रहेको थियो भने मिस विधामा अविवाहित युवतीहरूले प्रतिस्पर्धा गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय धरानका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ले आयोजक टोलीप्रति धन्यवाद दिंदै यस्ता कार्यक्रमले महिलाको क्षमता अभिवृद्धि हुने बताएका थिए।
त्यस्तै, एल.एन.सि मोडेल एजेन्सी प्रा.लि.का सि.ई.ओ. दिपक गिरिले शुभकामना मन्तव्यसहित कार्यक्रम समापन गरे। ट्यालेन्ट शोको सञ्चालन दिपा गिलालले गरेकी थिइन्।
निर्णायकमा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ C का एरिया चिफ एकता श्रेष्ठ, राष्ट्रिय गायक राजु थापा, मिस सुनसरी SEE–2023 अर्गनाइजर्स च्वाइस विजेता रिया विश्वकर्मा, कलाकार सङ्गिता प्रधान तथा नृत्य कोरियोग्राफर सानुराजा थेगिम रहेका थिए।कार्यक्रममा पहिलो भोटिङ स्टार घोषणा अनुसार, मिसतर्फ नमुना लावती र मिसेसतर्फ निलिमा ट्र्यमोड विजेता घोषित भएको आयोजकले जनाएको छ।





