साँगुरीगढी गाउँपालिका–७ । जनसेवा प्राथमिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम तथा विद्यालयको समग्र अनुगमन गाउँपालिका अध्यक्ष जितेन्द्र राईले आज सम्पन्न गर्नुभयो।
संघीय सरकारले प्रतिविद्यार्थी प्रदान गर्ने रु.१५ मा गाउँपालिकाले थप रु.१० जोडी अब विद्यार्थीहरूले दैनिक रु.२५ बराबरको दिवा खाजा पाउँदै आएको विद्यालयले जनाएको छ।
दिवा खाजा कार्यक्रमले विशेषगरी टाढाबाट पैदल हिँडेर विद्यालय पुग्ने विद्यार्थीलाई ठूलो राहत पुगेको छ। भोकै कक्षा बस्नुपर्ने बाध्यता हटेको र विद्यार्थीको अध्ययनमा सकारात्मक प्रभाव परेको अनुगमनका क्रममा शिक्षक तथा अभिभावकहरूको भनाइ छ।
अध्यक्ष राईले छात्र–छात्राको सिकाइ, स्वास्थ्य र नियमित उपस्थितिमा कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याइरहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी बनाइने प्रतिक्रिया व्यक्त गर्नुभयो।





