धरानमा आज मन्त्री कुलमान घिसिङको प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम

धरानमा आज मन्त्री कुलमान घिसिङको प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम

धरन — ऊर्जा तथा जलस्रोत, भौतिक तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ आज धरान–८ स्थित लाहाघाली सामुदायिक सभा भवनमा विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै छन्।
“सुरुआतमा… परिवर्तन हामी” मूल नारासहित हुने कार्यक्रममा मन्त्री घिसिङले ऊर्जा सुधार, सहरी विकास, यातायात पूर्वाधार तथा धरानसँग सम्बन्धित स्थानीय मुद्दाहरूमा प्रत्यक्ष संवाद गर्नेछन्।

कार्यक्रम मंसिर १४, आइतबार, दिउँसो २ बजेबाट सुरु हुने छ।
आयोजक सुधार नेपाल, धरान का अनुसार कार्यक्रममा सहभागीहरूले आफ्नो समस्या, सुझाव तथा विकाससम्बन्धी प्रश्नहरू मन्त्रीसमक्ष खुला रूपमा राख्न पाउने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित