धरान बुधबार राजधानी काठमाडौँमा उज्यालो नेपाल पार्टी औपचारिक रूपमा घोषणा भएको छ। पार्टीको संरक्षक कुलमान घिसिङ रहेका छन् भने अध्यक्षको जिम्मेवारी अनुपकुमार उपाध्यायले सम्हालेका छन्। निर्वाचन आयोगमा दर्ता भइसकेको यो पार्टीको चुनाव चिह्न ‘बलेको चिम’ तय गरिएको छ। समाचार श्रोतले जनाएको छ, घोषणासभा प्रज्ञा भवन/राष्ट्रिय सभागृहमा सम्पन्न भएको थियो।
पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता, निष्पक्ष न्यायपालिका र कानूनी राज्यका मूल्यमा जोड दिएको छ। साथै, भ्रष्टाचार, प्रशासनिक दुरुपयोग र राजनीतिक हस्तक्षेपविरुद्ध कडा नीति लागू गर्ने, न्याय प्रणाली सुधार गर्ने र न्याय पहुँचलाई छिटो, सुलभ र पारदर्शी बनाउने प्रतिबद्धता राखिएको छ।
विश्लेषकहरूले नयाँ पार्टीले नेपाली राजनीतिको परिदृश्यमा नयाँ विकल्प र जनतामा आशा जगाउने प्रयास गरेको बताएका छन्। आगामी निर्वाचनमा यसको प्रभाव कस्तो रहनेछ भन्ने विषय समयसँगै स्पष्ट हुने छ।





