धरान–११ मा श्रमसंस्कृति पार्टीको नयाँ कार्यलय उद्घाटन

धरान–११ मा श्रमसंस्कृति पार्टीको नयाँ कार्यलय उद्घाटन

धरान — श्रमसंस्कृति पार्टीले धरान–११, न्युपशुपति मार्गमा नयाँ कार्यलय औपचारिक रूपमा उद्घाटन गरेको छ। केन्द्रीय अध्यक्ष हर्क साम्पाङ्ग बाहिरी कार्यक्रममा रहेकाले कार्यलयको रिबन अध्यक्षको श्रीमती निर्मला लिम्बुले काटेर उद्घाटन गरिन्।

कार्यलयका लागि आवश्यक सामग्री—

कम्प्युटर सेट : १ थान

प्रिन्टिङ सेट : १ थान

कार्यालय कुर्सी : ५ थान

कार्यालय टेबल : ३ थान

प्लास्टिक कुर्सी : १६ थान शौजन्य :भीममाया राई, धरान–१७ सुनसरी

कार्यलय  सामग्री खरिदका लागि लाग्ने खर्च क्यान्डाबाट गोबिन्द राईले रु २,०१,००० तथा धरान–१८ का वीरमान राईले रु २५,००० नगद सहयोग गरेका छन्।

उद्घाटन कार्यक्रममा पार्टी अध्यक्ष दिनेश राईले संगठन सुदृढीकरणका लागि कार्यकर्ताहरू एकढिक्का भएर अघि बढ्नुपर्ने बताए। नगर उपाध्यक्ष मुगा धन तामाङले संगठन विस्तारका लागि आर्थिक सबलता अपरिहार्य रहेको उल्लेख गरे।

कार्यक्रमको सञ्चालन पार्टी सचिव प्रेमकुमार श्रेष्ठले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित