खयरवोटेमा पिकअप दुर्घटना: समयमै रोकिँदा ठूलो घटना टर्सियो

खयरवोटेमा पिकअप दुर्घटना: समयमै रोकिँदा ठूलो घटना टर्सियो

धरान–११ मंगलबारेबाट धनकुटाको साँगुरीगढी–८ तातोपानीतर्फ जाँदै गरेको को १ च ८२१४ नम्बरको पिकअप मंगलबार साँझ साँगुरीगढी–९ खयरवोटेमा दुर्घटनामा परेको छ। साँझ करिब ५ बजे सामान झार्न गाडी पछाडि सार्ने क्रममा टायर चिप्लिएर पिकअप सडकबाट केही तल सर्दै गएको स्थानीयले बताएका छन्।

चालक सागर राईका अनुसार गाडी तल सर्दै गए पनि समयमा ब्रेक लागेकाले पिकअप पूर्ण रूपमा सडकबाट खस्नबाट बचेको हो। “थोरै ढिलाइ भएको भए ठूलो दुर्घटना हुने थियो,” राईले भने।

दुर्घटनापछि स्थानीयवासी र ट्र्याक्टर चालकको सहयोगमा गाडीलाई सकुशल सडकमा फर्काइएको स्थानियले  जनाएको छ।

पिकअपमा सामानसँगै केही यात्रु पनि सवार थिए। प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र पिकअपमा पनि ठूलो भौतिक नोक्सान नपुगेको स्थानीयले जानकारी दिएका छन् श्रोत  धनकुटा खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित