धनकुटामा श्रमसंस्कृति पार्टीको जिल्ला स्तरिय सभा: पुराना दललाई चुनौती

धनकुटामा श्रमसंस्कृति पार्टीको जिल्ला स्तरिय सभा: पुराना दललाई चुनौती

धनकुटा — श्रमसंस्कृति पार्टीले आफ्नो तदर्थ समिति गठनपछि जिल्ला स्तरिय भेला आयोजना गरी राजनीतिक सक्रियता देखाएको छ। कार्यक्रमको सभापति आकाश राई र सञ्चालक उपेन्द्र राई (जिल्ला  उपाध्यक्ष) रहेका थिए। आयोजकका अनुसार, जिल्लाका विभिन्न नगरपालिका र गाउँ   पालिकाबाट करिब ९००–१००० जना सहभागी भएकाे आयोजकको दावी गरेको छ।

भेलामा प्रमुख अतिथि हर्क राज राई र विशेष अतिथि देब राज लामा उपस्थित थिए। पार्टीको केन्द्रीय प्रवक्ता अरुण गुरुङ्ग (सत्य) साथै केन्द्रीय सदस्यहरू—प्रसाद राई, जीवन बिष्ट, दत्त बहादुर लिम्बू, सन बहादुर राई, जितेन्द्र माङ्गफाङ्ग—साथै स्थानीय को पनि सहभागिता जनाए।

कार्यक्रमको विशेष आकर्षण भनेको जसपा/माओवादीबाट करिब १०० भन्दा बढी नेता तथा सदस्यहरूको पार्टी प्रवेश थियो, जसले पुराना दलहरूलाई चुनौती दिएको छ। आयोजकका अनुसार, यो पहलले पार्टीको स्थानीय संगठन विस्तारमा नयाँ गति थप्नेछ।

विश्लेषकहरूका अनुसार, धनकुटामा भएको व्यापक सहभागिता र नयाँ नेतृत्वको   सक्रियताले आगामी चुनावी राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित