धनकुटा — श्रम संस्कृति पार्टीले सहिदभूमि गाउँपालिका–५, धनकुटामा वडा कमिटी गठन तथा संगठन विस्तार कार्यक्रम आयोजना गर्ने भएको छ।
‘जनताको आवाज–श्रम संस्कृति पार्टी’ नारासहित आयोजना हुने उक्त कार्यक्रम बुधबार बिहान १० बजे सहिदभूमि–५ स्थित फुटबल मैदानमा हुने आयोजकले जनाएको छ। कार्यक्रममा पार्टीको विचार, नीति तथा संगठन विस्तारसम्बन्धी विषयमा छलफल गरिनेछ।
सहिदभूमि गाउँपालिकाको आयोजनामा र श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति, धनकुटाको सहकार्यमा कार्यक्रम हुन लागेको हो। कार्यक्रममा स्थानीय राजनीतिकर्मी, पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममार्फत स्थानीय तहसम्म पार्टीको संगठन सुदृढ बनाउने, वडा स्तरमा कमिटी गठन गरी राजनीतिक गतिविधि विस्तार गर्ने लक्ष्य लिइएको आयोजक पक्षले बताएको छ।





