देव राज लामा पक्राउ, हर्क साम्पाङ्गको धारणा

देव राज लामा पक्राउ, हर्क साम्पाङ्गको धारणा

धरान, १ पौष २०८२ श्रमसंस्कृति पार्टीका उपाध्यक्ष देव राज लामा (विश्वक्रान्ति) लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार काठमाडौँको कपनबाट उनलाई नियन्त्रणमा लिएको हो।

लामा १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा भएको बम विस्फोटका मुख्य नाइके थिए। सो विस्फोटमा तीन जनाको ज्यान गएको थियो। उक्त मुद्दामा सजाय भुक्तान गरेपछि उनी २०७६ सालको प्रजातन्त्र दिवसमा रिहा भएका थिए।

तर रिहाइपछि पनि उनीविरुद्ध पाँचथर जिल्लामा अर्को मुद्दा दर्ता भएको थियो। फरार अवस्थामा रहेकाले सिआइबीले पक्राउ गरेको जनाएको छ।

धरानका मेयर हर्क साम्पाङ्गको नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीमा लामा उपाध्यक्ष थिए। उनी धनकुटा, पार्खिवास–९ का स्थायी बासिन्दा हुन्।

यस विषयमा पार्टी अध्यक्ष हर्क साम्पाङ्गले धारणा व्यक्त गर्दै भने,
घटना के हो भन्नेबारे हामी बुझ्दैछौँ। पुराना क्रान्तिकालसँग जोडिएका विषय रहेछन्। प्रतिशोधको कोण पनि उठिरहेको छ। यथार्थ तथ्य सार्वजनिक भएपछि पार्टीको आधिकारिक धारणा पनि दिनेछौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित