देव राज लामा पक्राउ, अध्यक्ष हर्क साम्पाङ्गले पदमुक्त गरेको जानकारी दिए

देव राज लामा पक्राउ, अध्यक्ष हर्क साम्पाङ्गले पदमुक्त गरेको जानकारी दिए

धरान , २ पौष २०८२श्रमसंस्कृति पार्टीका उपाध्यक्ष देव राज लामा (विश्वक्रान्ति) मंगलबार काठमाडौँको कपन बाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ।

लामा १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा भएको बम विस्फोटका मुख्य नाइके थिए। सो विस्फोटमा तीन जनाको ज्यान गएको थियो। सजाय भुक्तान गरेपछि उनी २०७६ सालको प्रजातन्त्र दिवसमा रिहा भएका थिए।

तर रिहाइपछि पनि उनलाई पाँचथर जिल्लामा अर्को मुद्दा दर्ता गरिएको थियो। फरार अवस्थामा रहेकाले सिआइबीले पक्राउ गरेको हो भनिएको छ।

धरानका मेयर हर्क साम्पाङ्ग नेतृत्वको श्रमसंस्कृति पार्टीमा लामा उपाध्यक्ष थिए। अध्यक्ष साम्पाङ्गले जानकारी दिएका छन् कि लामा अस्थायी रूपमा उपाध्यक्ष पदबाट मुक्त गरिएको छ। उनले भनेका छन्, “यदि मुद्दामा दोषी ठहर भएमा उनलाई पदबाट स्थायी रूपमा हटाइने छ।

अध्यक्ष साम्पाङ्गले सरकारसँग निष्पक्ष छानबिनको माग गरेका छन्। उनले थपे, “श्रमसंस्कृति पार्टीले कुनै पनि कानुनी प्रक्रियामा हस्तक्षेप गर्ने छैन, तर यदि पार्टीलाई प्रतिशोधको आधारमा कुनै कदम चालिएको प्रमाण भेटियो भने त्यसको कडा भर्सना गरिने छ।”

विशेषज्ञहरूले यो कदमलाई पार्टीको आन्तरिक अनुशासन र सार्वजनिक धारणा सन्तुलन गर्ने उपायको रुपमा मूल्यांकन गरेका छन्। यसले पार्टीको छवि कायम राख्ने र भविष्यमा अनुशासनहीनता रोक्ने संकेत  देखिनेे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित