जिम्मेवार राजनीतितर्फ एक कदम

जिम्मेवार राजनीतितर्फ एक कदम

श्रम संस्कृति पार्टीले केन्द्रीय उपाध्यक्ष देवराज लामा (राजकुमार तामाङ) लाई सरकारी अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यसहित पदबाट अस्थायी रूपमा निलम्बन गर्नु नेपाली राजनीतिमा दुर्लभ तर स्वागतयोग्य अभ्यास हो। शक्ति र पद जोगाउन कानुनी प्रक्रिया कमजोर बनाउने प्रवृत्ति व्याप्त रहेको सन्दर्भमा यो निर्णयले राजनीतिक जिम्मेवारी र संस्थागत अनुशासन को सकारात्मक संकेत दिएको छ।

नेपालमा अनुसन्धानको दायरामा परेका धेरै नेताहरूले पदमै रहेर राज्य संयन्त्रमा प्रभाव पार्ने आरोप खेप्दै आएका छन्। यस्तो अवस्थामा श्रम संस्कृति पार्टीले पद  भन्दा पनि प्रक्रियालाई प्राथमिकता दिनु लोक तान्त्रिक संस्कारको उदाहरण हो। यो कदमले अनुसन्धान स्वतन्त्र र निष्पक्ष ढंगले अघि बढ्न सघाउने विश्वास पैदा गरेको छ।

महत्त्वपूर्ण कुरा के छ भने, पार्टीले यस निर्णयमार्फत दोष प्रमाणित भइसकेको सन्देश दिएको छैन। बरु, कानुनी प्रक्रियाप्रति सम्मान र सार्वजनिक विश्वास जोगाउने प्रयास गरेको देखिन्छ। अदालतको अन्तिम फैसलाअघि व्यक्ति निर्दोष मानिने संवैधानिक सिद्धान्तलाई आत्मसात् गर्दै पनि पार्टीले नैतिक उत्तरदायित्व उत्तरदायित्वबाट पछि नहट्नु सकारात्मक राजनीति हो।

यस निर्णयले साना तथा वैकल्पिक दलहरू पनि उच्च राजनीतिक मापदण्ड अपनाउन सक्छन् भन्ने सन्देश दिएको छ। राजनीति केवल सत्ता प्राप्तिको माध्यम नभई सार्वजनिक विश्वासको अभ्यास हो भन्ने बुझाइलाई यसले मजबुत बनाएको छ। यदि अन्य दलहरूले पनि अनुसन्धान र जिम्मेवारीका सवालमा यस्तै अभ्यास अंगाल्ने हो भने नेपाली राजनीति थप पारदर्शी र विश्वसनीय बन्न सक्छ।

अन्ततः, श्रम संस्कृति पार्टीको यो कदमले राजनीति र कानुनबीचको दूरी घटाउने प्रयास गरेको छ। पदभन्दा सिद्धान्त ठूलो हुन्छ भन्ने सन्देश दिन सक्नु नै आजको राजनीतिमा सबैभन्दा आवश्यक सकारात्मक परिवर्तन हो। यही बाटोले मात्र लोकतन्त्र प्रति को नागरिक विश्वास पुनःस्थापित गर्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित