धरान । वंशावली लेखन, आर्थिक पारदर्शिता र सदस्यता वितरणमा असहमति बढेपछि आङबुहाङ वंशजहरूको एक समूहले आङबुहाङ समाज समितिले आयोजना गर्न लागेको साधारण सभा बहिष्कार गर्ने घोषणा गरेका छन्।
असन्तुष्ट पक्षले वंशावली प्रकाशनका नाममा देश–विदेशबाट संकलित रकमको आय–व्यय सार्वजनिक नगरिएको तथा लेखापरीक्षणबिनै विधानविपरीत खर्च गरिएको आरोप लगाएका छन्। अध्यक्ष र महासचिवले संस्थागत निर्णयबिना छुट्टै बैंक खाता खोली रकम संकलन तथा खर्च गरेको र जिल्ला प्रशासन कार्यालयको निर्देशनसमेत पालना नगरिएको उनीहरूको दाबी छ।
विमोचन भइसकेको भनिएको वंशावली प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट वंशजहरूले उक्त वंशावली रद्द गरी पुनर्लेखन गर्नुपर्ने माग अघि सारेका छन्। वंशावली र इतिहासजस्ता संवेदनशील विषयलाई बहुमत–अल्पमतका आधारमा टुंग्याउन नहुने उनीहरूको भनाइ छ।
असन्तुष्ट समूहका अनुसार समाज समितिको साधारण सभा वंशहरूको ऐतिहासिक थातथलो गाउँघरमै गर्नुपर्ने माग बेवास्ता गरिएको छ। साधारण सदस्यता वितरणमा पारदर्शिता नदेखिएको र थिन्दोलुङ खोक्याहाङ वंशभित्र १३औँ पुस्तासम्मको इतिहास लेखनमा एकरूपता कायम नगरी एकल रूपमा वंशावली प्रकाशनतर्फ अघि बढिएकोप्रति पनि आपत्ति जनाइएको छ।
असन्तुष्ट वंशजहरूले वंशावली पुनर्लेखन, समाज समिती तथा सम्बन्धित निकायहरूको आय–व्यय पारदर्शी रूपमा अनुमोदन तथा सदस्यता निष्पक्ष र सम्मानजनक रूपमा वितरण गर्नुपर्ने माग गरेका छन्। यस विषयमा जिल्ला प्रशासन कार्यालय इनरुवा र थिन्दोलुङ खोक्याहाङ वंशज संघलाई समेत जानकारी गराइएको जनाइएको





