साँगुरीगढी–९ मा शान्तिपूर्ण मतदान, २ हजार बढी मत खस्यो

साँगुरीगढी–९ मा शान्तिपूर्ण मतदान, २ हजार बढी मत खस्यो

हिराराज राई
धनकुटा

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–९ मा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको थियो।

श्री सिंहकाली माध्यमिक विद्यालय, आहालेस्थित मतदान केन्द्रबाट प्रत्यक्षतर्फ ५८५ र समानुपातिकतर्फ ५८७ गरी १ हजार १ सय ७२ मत खसेको छ। यस्तै, श्री जनकल्याण प्राथमिक विद्यालय, हर्दिया मतदान केन्द्रबाट प्रत्यक्षतर्फ ४४४ र समानुपातिकतर्फ ४४५ गरी ८ सय ८९ मत खसेको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
दुवै मतदान केन्द्रबाट गरी वडा नम्बर ९ मा कुल २ हजार ६१ मत खसेको छ। मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको स्थानीयले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित