पुनर्निर्माणपछि मितेरी फुटसलले प्रतियोगिता गर्दै

पुनर्निर्माणपछि मितेरी फुटसलले प्रतियोगिता गर्दै

धरान — धरान–११ मितेरी मार्गस्थित मितेरी स्पोर्ट्स सेन्टरमा पुनर्निर्माणपछि फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । मितेरी फुटसलले असोज २३ गते शुक्रबार बिहान ७ बजेदेखि प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो ।प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट खेलाडी र गोलकिपरलाई जनही २ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।मितेरी स्पोर्ट्स सेन्टरको पुनर्निर्माणमा करिब २ करोड रुपैयाँ खर्च भएको आयोजकको विज्ञप्तिमा उल्लेख छ । सेन्टरमा फुटसल, जिम तथा ब्याडमिन्टनलगायत खेलसम्बन्धी गतिविधि सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित